Posts

Showing posts from February, 2020

मेरा हजार रात एउटै !!!...

आज सादाझैं रातको ११ बजेकोछ, म सदाझैं आफ्नै सानो कोठामा , एउटा ढोका फुटेको दराज र त्यो संगैको सानो टिभी दराजको अगाडीको गलैचा ओछ्याएको खुल्ला भुइँको विस्तारमा पल्टिएकोछु, कोठाको अर्को कुनाको पुरानो खाटमा मेरी प्यारी जिबनसंगिनी ५/६ वर्षको प्यारी छोरीसंग सुतिराखेकीछे, भन्दैथी म बाबासंग सुत्ने हो। खाटको तल्लो पट्टि एउटा टेबल छ जसमा Samsung को पुरानो CRT मोनिटर र Samsung कै प्रिन्टर छ, अर्को कुनामा २/३ ओटा सुटकेशहरुछन्, कोठा गर्मि छ पंखा चलेको छैन,अँध्यारो र शान्त छ किनकि बत्ति छैन। म मनमा अनेक कुरा खेल्दै कहिले यत्ता कहिले उत्ता कोल्टे फेरी राखेकोछु। कहिले मोबाइलको notification त कहिले बाहिरको सडकमा गुड्ने मोटर गाडीको चर्को आवाज त कहिले कुक्कुरहरुको जोडजोडको भुकाइले मेरो द्यान भंगहुदै, सतर्कहुँदै थियो। म अफिसको काम कुरो र दिनभरिको कामहरु सम्झन्दै थिएँ । हामी कत्तिसम्म सवार्थी छौँ भने यहाँ अरुको दुख एउटाको लागि कथा बन्छ, कथामा मिठा भोगाई हुन्छन, तिता अनुभब अनि मिश्रित लेखाई। हामि सबै तेस्तै खोज्छौं जस्तो सबै मिलेको अचार जस्तो । म सधै उपन्यासहरु पढ्ने गर्थ्यें । आज मेरो योजना शरोज र