मेरा हजार रात एउटै !!!...



आज सादाझैं रातको ११ बजेकोछ, म सदाझैं आफ्नै सानो कोठामा , एउटा ढोका फुटेको दराज र त्यो संगैको सानो टिभी दराजको अगाडीको गलैचा ओछ्याएको खुल्ला भुइँको विस्तारमा पल्टिएकोछु, कोठाको अर्को कुनाको पुरानो खाटमा मेरी प्यारी जिबनसंगिनी ५/६ वर्षको प्यारी छोरीसंग सुतिराखेकीछे, भन्दैथी म बाबासंग सुत्ने हो। खाटको तल्लो पट्टि एउटा टेबल छ जसमा Samsung को पुरानो CRT मोनिटर र Samsung कै प्रिन्टर छ, अर्को कुनामा २/३ ओटा सुटकेशहरुछन्, कोठा गर्मि छ पंखा चलेको छैन,अँध्यारो र शान्त छ किनकि बत्ति छैन।
म मनमा अनेक कुरा खेल्दै कहिले यत्ता कहिले उत्ता कोल्टे फेरी राखेकोछु। कहिले मोबाइलको notification त कहिले बाहिरको सडकमा गुड्ने मोटर गाडीको चर्को आवाज त कहिले कुक्कुरहरुको जोडजोडको भुकाइले मेरो द्यान भंगहुदै, सतर्कहुँदै थियो।
म अफिसको काम कुरो र दिनभरिको कामहरु सम्झन्दै थिएँ । हामी कत्तिसम्म सवार्थी छौँ भने यहाँ अरुको दुख एउटाको लागि कथा बन्छ, कथामा मिठा भोगाई हुन्छन, तिता अनुभब अनि मिश्रित लेखाई। हामि सबै तेस्तै खोज्छौं जस्तो सबै मिलेको अचार जस्तो । म सधै उपन्यासहरु पढ्ने गर्थ्यें । आज मेरो योजना शरोज राज अधिकारीको "चक्रब्युहमा चन्द्रसुर्य" पढ्ने थियो तर बत्ति नभएर म छिट्टै पल्टेको थिएँ , भए पनि निधएको भने थिइन, कहिले बुद्धिसागरको फिरफिरे त कहिले डेअर कल्याणको "रेडियो छाप सलाई" का मुख्य पात्राहरु सम्झन्छु, तेसभित्रका साना साना घाटना क्रमहरु सम्झन्छु । अनि फेरी तेस्तै , अनायासै येसरीनै के सोच्दै थिए फेरि मोबाइल करायो ।
Notification आएको रहेछ Loadshedding End को। "यो मोबाइलमा Notification पनि कस-कसका के के को मात्रै आउने हो, येत्तिका रातिसम्म पनि " कराई मेरी प्यारी जिबनसंगिनी तेस्मा दुखाईको पिडा धेरै संगका/उप्संग्काका थोरै मिश्रित भाब थियो । Viber , Messenger , Skype , Twitter , Gmail , Facebook , Sagoon , Yahoo , Imo , What 's app , LinkedIn , मानौं भएभर सब सामाजिक संजालको यसले जिम्मा लिएकोछ। येस्ले एस्तो गर्यो ,येस्ले येत्ता गर्यो ,उ येत्ता/उत्ता गयो , फलानो यस्तो ,उस्तो , येस्तै येस्तै बताई रहनछ। मद्द्यरातमा notification को आवाज पनि कस्तो ठुलो आउने ।नमस्ते नेपालको सिममा त झन् २४ रुपैया कटाउनु नै हुन्न SMS को बढी आउछ, लाग्छ कि तेस्कै नबदुलही स्वगरातकै बेला हरण गरेको जस्तो, चटारो । Notification आएको १५ मिनेट पछि बत्ति आयो हेरेको त उनि त उठेरबसेकी पो देखें, शोधें:-" किन उठेर बसेकी? के भयो? गाह्रो ?" ,उनि रिसाउदै फ़त्फ़ताउन थाली," रमाइलो लाग्यो , तीजको गीतमा नाचौ कि भनेर नि? आफुलाई परेको भएपो थाहा हुनथियो।" तेस्पछि म बत्ति off गरेर पल्टनमात्र के लागेको थिएँ फेरी कराई "एस्तो हुँदा समेत कसैलाई मेरो वास्ता छोइन, गोडा पनि कत्ति दुखेको, कम्मर पनि खस्लाई जस्तोरी , हे भगवान!, भगवानले पनि कति परिक्षा लिएको होला बरु मार्नु नि, जे गरेपनि हुन्न, जता गएनी हुन्न, येत्ता गरेनी हुन्न , उत्ता गरेनी हुन्न, अरुको लागि घाँडो हुनुभन्दा त ", तेस्तै तेस्तै ...
यस्मा त उनि भन्दा धेरै झर्को मलाई नि लाग्दो हो तर देखाएर कहिलै पनि मानिन ।फेरी अर्को पट्टि फर्केर खै के जति स्कुलको साथीले बच्चा पाएछ भन्ने Facebook मा देखेको थिए त्यो सम्जेछु,अनि हामीलेसंगै स्कुलमा बिताएका कुरा मनमा खेल्न थालें , फलानो एस्तो उस्तो भनेर दिमागको मानसपटलमा कुनै फिलिमको Flashback जस्तरी आउन र खेल्न थालेको थियो ।
येस्सो घडी हेरेको त रात को १:३० बजेछ! आ सुत्त्नु पर्यो अब! तेत्तिकैमा फेरी, "कस्तो मलाई मात्रै भएको यस्तो अरु सबै मरेका जसरी सुत्छन" लामो सुस्केरा हालेर कराउन थाली र रुन थाली मेरी प्यारी जीवनसंगिनी, फेरी सुत्नेको त कता हो कता। कोठामा फेरी उही सन्नाहट ,उही रफ्तार, उही परिवेश, उही समय, उही तरिका, उस्तै लाग्ने बोली,उस्तै लाग्ने हताश शोर, उस्तै लाग्ने दुखको भित्रि कम्पन, उस्तै लाग्ने छटपटी, उस्तै लाग्ने पिडा, उस्तै लाग्ने हरेशका शास/ सुस्केरा , जुन म बिगत ४/५ वर्षदेखि प्रत्येक रात भोग्दै र सुन्दै आइराखेकोछु। मलाई यो कुनै जमानाको दुर्घम गाउँको Yagi आन्तेना भएको नेपाली टिभीको कार्यक्रम जस्तो नहेरौं त्येही मात्रै आउछ हेरौं भनें सहनै सकिन्न। तेस्पछि त ओफ़िसको दिनभरिको थकान, आउन लागेको निन्द्रा एकैछिनमा गाएब। यस्तरी नै म प्रतेक रातहरु कटाउदै अनिधो रात बिताई रहेको थिएँ , यसमा मलाई केहि जस्तो लाग्दैन थियो तर आजको रात मलाई अर्कै अर्कै जस्तो लागेको थियो, किनकि मेरी उनि झन् झन गार्हो गरिसुस्केरा हाल्दै लामो लामो शास तान्दैथी। म पहिलाकै जस्तै सबै चोखोनिधो गरेर धुपबत्ति बालेर कुल देउतालाई बर/बल मागें अनि सकेपछि उही फेरी आफ्नै विस्तारमा सुत्नु पर्यो भनेर धल्कें। उपचार को लागि के के मात्र गरेनौं र हामीले ,कुन अस्पताल गएनौं हामी (नेपाल मेडिकल कलेज , थापाथली, अपाङ्ग, पटन, हेप्लिंगहंड्स ,मेडिकेर, ओम , मानशिक पाटन , नेपाल तिचिंग , गंगालाल ) । जे गरेर नि नभए पछि जसको कुरो नि सुन्न मन लाग्ने, पत्यैहाल्न मन लाग्ने, जुसले जे भन्ने पनि गरेर हेर्न मन लाग्ने, तुरुन्तै जान मन हुने पैशा भएनी नभयेनि एस्तो हुँदो रहेछ मान्छेको मन, तेसैले कुन तान्त्रिक शक्तिकोमा गएनौं हामी (ललितपुर, पाटन,सानेपा हाइट, बुदानिल्कण्ठ, भक्तपुर ,शोयम्भु , बालाजु , ठमेल, असन, बौध, जोरपाटी, आरुबारी, तीनचुली, कपन , फ़ैका, मिलनचोक, अकासेधारा,नयाँबस्ति , मुलपानी, गोकर्ण, दोलखा,) जहाँ गए पनि मैले जहिले नि गाली खानु पर्ने किन कि म बिस्वाश नगर्ने र गरेको देख्दानै सम्मल्नै नसक्ने हाँसो लाग्ने। कुन मठमन्दिर गएनौं हामी (पशुपति, महाकाली, भद्रकाली, दक्षिणकाली , बुढानिलकण्ठ, गणेशथान, शोयम्भु , फर्पिङ्ग, संकटा मन्दिर, सेतो मछेन्द्रनाथ, रातो मछेन्द्रनाथ, पाटन कृष्णमन्दिर), कुन देबीदेवताको चरणमा परेनौं हामी , कुन दशाग्रह शान्ति गराएनौं हामीले (वृहस्पति,शुक्र, शनि, राहु, केतु, मंगल )। आखिर सब भ्रम भ्रम नै हुँदो रहेछ। कहिलै शान्तिको शास फेर्न सकेनौं, शान्तिले हेर्न सकेनौं।
मद्देरातमा फेरी तेस्तरी नै मनमा अनेक कुरा खेलाएर पल्टेको थिएँ फेरी एकैछिनमा कुक्कुरहरु जोड जोडले भुक्न थाले खै के खै के भने जस्तरी। बिहानीको ३ बजेको थियो।काठमाडौँमा मान्छे भन्दा कुक्कुरको नै संख्या धेरै छ जस्तो लाग्यो, धेरै समयसम्म करायो म सुत्त्नुको सट्टा आफ्नो शरीरमात्रै विस्तारमा राखेर कान भने बाहिर कौशीमा नै छ जस्तो गरि सुन्दैछु। त्यहाँ कुक्कुरको मात्रै आवाज थिएन चप्पल लगाएको मान्छेहरु पनि हिडेको आवाज थियो। बिहानै कसलाई कत्ता पुग्नु थियो, कसलाई कत्ता भ्याउनु, आखिर जोहो त गर्नु नै थियो। काठमाडौँ खासमा सवार्थी छ यसले मान्छेको सबथोक खोसेकोछ, कसैको घरपरिवार, कसैको साथीसंगी, कसैको प्यारा प्यारा गाउँबस्ति, कसैको रातको मिठो निन्द्रा। यो सबथोक मलाई लाग्छ "मन", यसकै कारण सबथोक गुम्छ।मनमा अनेक कुरा खेल्दैनै थियो कत्ति खेर निधाएछु पत्तोइ पाइन,एक्काशी बिहान पो भएछ।
आखिर हाम्रो यो रात अझ कति रातसम्म एस्तै रहने हो थाहा छैन। हाम्रो जीबनमा दोश्रो रात कस्तो हुने हो त्यो पनि थाहा छैन । कस्तो भोगाइ हुने हो त्यो पनि थाहा छैन कस्तो र कति रंगिन हुने हो त्यो पनि थाहा छैन। कसरी उनमुक्त्ति पाउने हो त्यो पनि थाहा छैन!!!। 



Comments

Popular posts from this blog

How to Reset a HikVision IP camera?

NAGARIK APP